नेपाल स्काउटलाई प्रगतिशील युवाको ध्यानाकर्षण: पार्टीको भर्ती केन्द्र नबनाइयोस्

पाेखरा | जेठ १६, २०८१

नेपाल स्काउटलाई प्रगतिशील युवाको ध्यानाकर्षण: पार्टीको भर्ती केन्द्र नबनाइयोस्

पोखरा:   गण्डकी प्रदेशका न्यायप्रेमी प्रगतिशील युवाले गणतन्त्र दिवसको अवसरमा नेपाल स्काउटलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

 

नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रन्जितलाई सम्बोधन गर्दै  नेपाल स्काउट रास्ट्रिय परिषद् सदस्य शिवबहादुर भण्डारीमार्फत  ध्यानाकर्षण पत्र बुझाएको हो ।

 

नेपाल स्काउटमा पछिल्लो समय राजनीति हाबी हुदै गइरहेको ठहर गर्दै राजनैतिक कार्यकर्ताको भर्ती केन्द्र नबनाउन प्रगतिशील युवा समूहको माग छ ।

 

सो समूहले बुझाएको पत्रमा भनिएको छ, ‘पछिल्लो समय नेपाल स्काउटमा निर्वाचित पदाधिकारी, आयुक्तहरुमा विभिन्न राजनैतिक दलमा आवद्ध रही राजनैतिक गतिविधीमासमेत सकृय रहेको कुरा प्रष्ट देख्न सकिन्छ । जुन कुरा नेपाल स्काउटको मुल मर्म विपरित रहेको छ । त्यसैले समयमै यसलाई नियन्त्रण गर्न नसके नेपाल स्काउट  कुनै दलको भातृ संगठन  नहोला भन्न सकिन्न ।’

 

नेपाल स्काउट ऐन ,२०५० को दफा १८ (क) उपदफा (१) (ख) (ग)मा नेपाल स्काउटको सदस्यको योग्यता सम्बन्धि व्यवस्थामा नेपाल स्काउटको सदस्यले कुनै राजनितिक दलको सदस्य नलिएको र राजनैतिक दलको सदस्य रहेको भए तत्काल सदस्यता त्यागी राजनैतिक गतिविधिमा  संलग्न नरहेको स्वघोषणा गर्नुपर्ने व्यवस्था छ ।

 

युवा तथा खेलकुद मन्त्रालयले प्रचलित ऐन  कार्यान्वयन गराउन गत वैशाख ३१ गते  विज्ञप्ती नै जारी गरेको थियो ।


 

पाेखरा :  नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ ।   तस्बिरहरू:-     ...

थप पढ्नुहोस्

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्